पठनयात्रा

सुगम पोखरेलले गएको गीतमा जस्तो “हाम्रो स्कुल पाठशाला” ऐश्वर्य विद्या निकेतन उमावि, कैलालीको एक छात्र म थिएँ । स्कुले विद्यार्थी हुँदा उस्तो साहित्यिक पुस्तक पढेको याद छैन । प्रत्येक घरमा मुनामदन हुने गर्थ्यो । मेरो घरमा पनि मुनामदन देख्न सकिन्थ्यो । एक जुनी लगाएर पनि पढ्न नसकिने किताब संसारमा अस्तित्वमा छन् भन्ने कहिल्यै दिमागमा थिएन […]