एजेन्सी। अमेरिकाले आफ्ना लागि राखेको अक्सफोर्ड–एस्ट्राजेनेकाको ६ करोड मात्रा खोप अरु देशलाई बाँड्ने भएको छ। ह्वाइट हाउसले खोप उपलब्ध हुँदै गएपछि आवश्यक परेका देशसँग साझा गर्ने प्रतिबद्धता जनाएको हो। अमेरिकामा एस्ट्राजेनेकाको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृत नभए पनि मौज्दात राखेको छ। स्वीकृति दिएका देशमा खोपको मात्रा कमी हुँदा अमेरिकाले भण्डारण गरेको भन्दै आलोचना हुँदै आएको थियो।