प्रदेशमन्त्री भन्छन्– बदला लिन्छु भनेकै हो

काठमाडौं । प्रदेश नम्बर २ का मन्त्री तथा कांग्रेस नेता वीरेन्द्र सिंहले आफूलाई सांसद अमरेशकुमार सिंहले हातपात गर्न खोजेको आरोप लगाएका छन् । उनले आफूलाई असार ५ गते पार्टी कार्यालय सानेपामा हातपात गर्न खोजेको आरोप लगाएका हुन् । सानेपामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सर्लाहीमा अमरेश कुमार सिंहकै कारण अधिवेशन प्रभावित भएको बताए...