मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने

मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सकारले राहत उपलब्ध गराउने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी)को बैठकले आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। आगलागी...

सम्बन्धित सामग्री

मुगुका अग्निपीडितलाई राहत रकम उपलब्ध गराइने

सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगुका अग्निपीडितलाई राहत रकम उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले क्षतिको मूल्यांकन गरेर २५ हजारदेखि ४ लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले आगालागीबाट विस्थापित भएका ८५ घरपरिवारलाई ६१ लाख ८५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । आगलागीबाट पीडित घरधनीसहित घर भाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृत दिइएको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए । आगलागीबाट १० लाखसम्म क्षति भएकालाई १ लाख, ११ देखि ५० लाखसम्म क्षति भएकालाई डेढ लाख, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकालाई २ लाख, २ लाखदेखि एक डेढ करोडसम्मका लागि अढाई लाख, एक करोडदेखि ३ करोडसम्म क्षति भएकालाई साढे ३ लाख, तीन करोडभन्दामाथि क्षति भएकालाई ४ लाख राहत रकम उपलब्ध गराउने निर्णय भएको उनले बताए । यसैगरी आंशिक क्षतितर्फ १ लाख रुपैयाँसम्म क्षति भएकाले २५ हजार,  २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले ५० हजार र पचास हजारमाथि क्षति भएकाले एकमुष्ट ७५ हजार रुपैयाँ पाउनेछन् । गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१, गमगढी बजारमा आगलागी हुँदा २१ घरधुरीमा क्षति पुगेको थियो । मन्त्रालयका अनुसार आगलागीबाट घर भाडामा बस्ने ३५, व्यवसायी २६, पूर्ण घरक्षति २० र आंशिक घर क्षति भएका चारजना विस्थापित भएका थिए । बैठकले प्रदेश लोकसेवा आयोगको संगठन संरचना तथा दरबन्दी हेरफेर गरेर तीन महाशाखा र दश शाखासहित ४५ जना कर्मचारीको दरबन्दी समेत स्वीकृत गरेको छ ।

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत दिने

३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । ‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको […]