तत्कालीन मुख्यमन्त्री राईको असक्षमताका कारण प्रदेशको नामकरण हुन सकेन : मन्त्री आङ्बो

सोलुखुम्बु : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले तत्कालीन मुख्यमन्त्री शेरधन राईको निर्णय गर्ने क्षमता नभएकाले प्रदेशको नामकरण हुन आरोप लगाएका छन्।सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आङ्बोले प्रदेशको नामकरण नहुनुमा तत्कालीन मुख्यमन्त्री राईको निर्णय गर्न सक्ने क्षमता कम हुनुका साथै तत्कालीन नेकपाका अध्यक्षको ठाडो हस्तक्षेप रहेको आरोप लगाए। आङ्बो तत्कालीन मुख्यमन्त्री राईको मन्त्रिमण्डलमा पनि आर्थिक मामिला तथा योजनामन्त्री थिए।उनले आगामी हिउँदे अधिवेशनमा सबैलाई आत्मा