काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणले टीका लगाइदिएका छन्। विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरूलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको थियो। यस्तै सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। अहिले राष्ट्रपति पौडेलले टीका लगाइदिइरहेका छन्।&