झापा–५ मा बालेन्द्र शाह अगाडि, तेस्रो स्थानमा श्रम संस्कृति पार्टी

काठमाडौं– झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सुरुवातदेखि नै अग्रता कायम गरेका छन्। उनीपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो स्थानमा रहेका छन्। हालसम्मको मतपरिणामअनुसार हर्क साम्पाङको श्रम संस्कृति पार्टी तेस्रो स्थानमा देखिएको छ। सो पार्टीका उम्मेदवार समीर तामाङले १३८ मत प्राप्त गरेका छन्। […]