बेलायती झण्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झण्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झण्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुट्टयाइएको थियो । कुटनीतिक दरारपछि चिनियाँ अधिकारीहरुलाई बेलायती महारानीको कफिनमा श्रद्धाञ्जलि दिन प्रतिबन्ध लगाइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।सांघाइको दक्षिणमा रहेको शाओक्सिङ चुआङ्दोङ टुर आर्टिकल कम्पनीमा कर्मचारीहरूले दिनमा करिब १४ घण्टासम्म झण्डा बनाउने काममा लगाइएको थियो । महाप्रबन्धक