सरकारले वैदेशिक रोजगारीबाट फर्किएर उद्यम व्यवसाय सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहुलियत ऋण दिने तयारी सुरु गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्की आपूmसँग भएको सीप, पुँजी र सहुलियतपूर्ण कर्जाको प्रयोग गरी स्वरोजगार हुन सूचीकरणका लागि निवेदन दिएकामध्ये १८ हजार ७ सय ६७ युवालाई ऋण दिने तयारी गरेको हो । १९ हजार युवाले सहुलियत ऋणका लागि आवेदन दिएकामध्ये १८ हजार ७ सय ६७ सूचीकरण भएका हुन् ।