महानगरद्वारा चार सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

पोखरा महानगरपालिकाले कास्कीका चारवटा सामुदायिक विद्यालयलाई विद्यार्थी ओसारपसारको लागि बस हस्तान्तरण गरेको छ। लेखनाथ क्षेत्रका चारवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको हो।...

सम्बन्धित सामग्री

चुलाचुली गाउँपालिकाले जनता विद्यालयलाई स्कुल बस दिएपछि विद्यार्थी हर्षित

इलाम । इलामको चुलाचुली गाउँपालिकाले जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि आवश्यक सवारी साधन हस्तान्तरण गरेको छ । सामुदायिक विद्यालय सुधार गर्ने मुख्य लक्ष्य लिएको गाउँपालिकाले पहिलो पटक यस विद्यालयका विद्यार्थीको आवतजावतका लागि बस हस्तान्तरण गरेको हो । नमूना घोषणा भएको साेही विद्यालयमा सिविल इन्जिनियर अध्ययनरतसहित ७ सय विद्यार्थी रहेका छन् । ग्रामीण क्षेत्रमा मोटरबाटो […]

सामुदायिक विद्यालय अब्बल बनाउन बस हस्तान्तरण

नवलपरासी – गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाभित्रका दुई वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले राससलाई जानकारी दिए । पाल्हीनन्दन–२ स्थित हरपुर […]

भरतपुर महानगरद्वारा पाँच ओटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान

साउन २८, चितवन । भरतपुर महानगरले महानगरभित्रका पाँचओटा  सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उद्देश्य सहित उक्त बस हस्तान्तरण गरेको हो ।  बस पाउने विद्यालयहरुमा नारायणी नमूना माध्यमिक विद्यालय, कविलास माध्यमिक विद्यालय, भिमनगर माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय रहेका छन् । मंगलवार महानगरमा एक कार्यक्रमको आयोजना गरी प्रमुख रेनु दाहालले विद्यालयका अध्यक्ष र प्रध्यानाध्यापक लाई बसको साचो हस्तान्तरण गरेकी थिइन् । महानगरका अनुसार रुट प्रमिट र इन्स्योरेन्स सहित प्रति बस १९ लाख ९८ हजार रुपैयाँको खर्चमा महानगरले विद्यालयलाई बस हस्तान्तरण गरेको हो । हस्तान्तरण पछि बोल्दै दाहालले महानगरको शिक्षाको गुणस्तर र सेवा सुविधा दिने उद्देश्यले महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक ५ विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको महानगर प्रमुख रेनु दाहालले बताइन् ।   स्कुलको पूर्वाधार निर्माण, स्तरोन्नतिदेखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रविधिमैत्रि शिक्षण सिकाईमा महानगरले जोड दिएको भन्दै दाहालले महानगरका निजी विद्यालयभन्दा धेरै गुणा बढी सामुदायिक विद्यालय पनि अघि बढ्न सक्ने बताइन् । भरतपुर महानगरलाई अब महानगर शैक्षिक शहरका रुपमा विकास गर्ने आफ्नो योजना रहेको दाहालको भनाइ छ । महानगरमा त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको, आंगिक इन्जिनियरिंग कलेज, प्रहरी स्कुल, भरतपुर बहुप्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुला विश्वविद्यालय पनि ल्याउन पहल गरिरहेको दाहालले बताइन् ।   अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले विद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालू आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिईने खतिवडाको भनाइ छ । महानगरले यसअघि पनि सामुदायिक विद्यार्थीका लागी साईकल हस्तान्तरण समेत गरेको थियो  भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको शैक्षिक विकाससँगै विद्यार्थी र अभिभावकमा थप उर्जा दिलाउन विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको बताए ।  किशोरीहरुलाई साइकल वितरण, लोपउन्मुख र सिमान्तकृत समुदायका बालबालिकाका लागि छात्रवृत्ति प्रदान, द्वन्द्व प्रभावित बालबालिकाका लागि शैक्षिक सहयोग सामग्री प्रदान, अपागंता भएका बालबालिकाका लागि शैक्षिक समग्री लगायतका अन्य सेवा सुविधाहरु महानगरका तर्फबाट प्रदान भएको पौडेलले बताए ।  सरकारी विद्यालयको शैक्षिक विकासका लागि महानगरले गरेको प्रयासको प्रतिफलकै कारण २०७६ मा भन्दा ७७ मा ५ हजार ६०० विद्यार्थीहरु सामुदायिक विद्यालयमा भर्ना भएको उनकोे भनाइ थियो । २०७६ मा आर्थिक वर्षमा ३७ हजार विद्यार्थी रहेकोमा बढेर ४२ हजार ५०० पुगेका उनले बताए । संख्यात्मक वृद्धि मात्रै होईन गुणस्तरमा पनि त्यही अनुपातमा सुधार हुँदै जाने आफूहरुको अपेक्षा रहेको उनले बताए ।   कम विद्यार्थी भएको विद्यालयलाई मर्ज गर्ने नीति महानगरको रहेको र मर्ज गर्दा विद्यालय आउन समस्या हुने विद्यार्थीहरुका लागि बसले धेरै सहजता दिने उनको भनाइ छ ।

भरतपुर महानगरद्वारा ५ ओटा सामुदायिक  बिद्यालयलाई स्कुल बस प्रदान

साउन २८, चितवन । भरतपुर महानगरले महानगर भित्रका पाँच ओटा सरकारी बिद्यालयलाई स्कुल बस  प्रदान गरेको छ ।  सामुदायिक बिद्यालयको शिक्षाको स्तर विकास गरी बिद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उद्धेष्यसहित उक्त बस बुधवार हस्तान्तरण गरिएको हो ।  ती बस नारायणी नमूना माध्यमिक विद्यालय, कविलास माध्यमिक विद्यालय,भिमनगर माध्यमिक विद्यालय  प्रभात माध्यमिक विद्यालय  लक्ष्मी माध्यमिक विद्यालयलाई प्रदान गरिएको हो । महानगर प्रमुख रेनु दाहालले बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई एक समारोहका बीच बसको साँचो हस्तान्तरण गरेकी हुन् । रुट पर्मिट र बीमासहित प्रतिबस १९ लाख ९८ हजार रुपियाँको खर्चेर महानगरले बिद्यालयलाई हस्तान्तरण गरेको हो ।  हस्तान्तरण पछि बोल्दै दाहालले महानगरको शिक्षाको गुणस्तर र सेवा सुविधा दिने उद्धेश्यले महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक पाँच ओटा बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको बताइन् ।   स्कुलको पूर्वाधार  निर्माण, स्तरोन्नतिदेखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रबिधिमैत्रि शिक्षण सिकाईमा महानगरले जोड दिएको भन्दै उनले महानगरका निजी  बिद्यालयभन्दा धेरै गुणा बढी सामुदायिक विद्यालय पनि अघि बढ्न सक्ने बताइन् । भरतपुर महानगरलाई अब महानगर शैक्षिक शहरका रुपमा विकास गर्ने आफनो योजना रहेको दाहालको भनाई छ  । महानगरमा त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतको ,आंगिक ईन्जिनियरिंग कलेज ,प्रहरी स्कुल , भरतपुर बहुप्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुल्ला विश्वबिद्यालय पनि ल्याउन पहल गरिरहेको दाहालले बताईन् ।   अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले बिद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालू आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग

चरीकोट / दोलखा जिल्लाकै सामुदायिक विद्यालयमध्ये नमूना सामुदायिक विद्यालय क्षत्रवती माध्यमिक विद्यालयका लागि वाग्मती प्रदेश सरकारले बस उपलब्ध गराएको छ । वैत्येश्वर गाउँपालिका वडा नं ८ क्षत्रपामा रहेको सो विद्यालयका लागि सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत बस सहयोग गरेको हो । रु २५ लाख रकमले खरीद गरेको बस बिहीबार प्रदेशसभा... The post वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग appeared first on Purbeli News.