नवनियुक्त प्रधानमन्त्रीलाई दुवै छिमेकी देशको बधाइ

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मित्रराष्ट्रले बधाइका साथै सफल कार्यकालको शुभकामना दिएका छन्। प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाइ दिएका हुन्। भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याउने बताएका छन्।

सम्बन्धित सामग्री

भारत र चीनले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाइ

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी भारत र चीनले बधाइ दिएका छन्। आइतबार बेलुका दाहाल प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दाहाललाई बधाइ दिएका हुन्। ट्वीटरमार्फत मोदीले बधाइ दिँदै दुई देशबीच रहँदै आएको सम्बन्धलाई थप बलियो बनाउन सहकार्य गर्न चाहेको खुलाएका छन्। Warmest congratulations @cmprachanda on being elected as the Prime Minister […]

चिनियाँ दूतावासमा हस्तकलाका सामानको प्रदर्शनी राख्न माग

नेपाल हस्तकला महासंघको चीनस्थित नेपाली दूतावासमा नेपाली कला संस्कृति झल्कने हस्तकलाका सामग्रीको प्रदर्शनी राख्न आग्रह गरेको छ ।चीनका लागि नवनियुक्त राजदूत पुकार श्रेष्ठलाई बधाइ दिन आयोजना गरेको कार्यक्रममा महासंघले दूतावासमा नेपालका ४२ विधाका नेपाली हस्तकला झल्कने वस्तुहरुको प्रदर्शनीकक्ष राख्न सुझाव दिएको हो । महासंघका उपाध्यक्ष दिपेन्द्र शाक्यले छिमेकी राष्ट्र चीनमा नेपालका परम्परागत हस्तकलाका वस्तुहरुको उत्पादन […]

ओलीलाई बधाइको ओइरो: पाकिस्तान र भारतबाट आयो यस्तो शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रतिनिधिले बधाइ दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुक पाकिस्तानले बधाई तथा शुभकामना सन्देश पठाएको छ...