काठमाण्डाै - चीनले आफ्नो सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापनाको १०० औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको औपचारिक कार्यक्रमबारे जानकारी दिइएको छैन । तर राष्ट्रपति सी जिनपिङले एउटा मन्तव्य दिने ठानिएको छ ।
चीनमा कयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र केही हप्तायता पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान दिइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । लामो गृहयुद्धपछि ७२ वर्षअघि चीन शक्तिशाली राष्ट्रको रुपमा देखा परेको हो । वार्षिकोत्सव...