काठमाडौं। आज साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक ८ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ८ अंकले घट्दै परिसूचक २८ सय ३४ मा आइपुगेको हो। आज कारोबार रकम पनि ५ अर्ब रुपैयाँमा सीमित बनेको छ। यस्तै आज जम्मा एक करोड ८२ लाख रुपैयाँको सेयर किनेबच भएको छ।