३२ वटै वडा भवन मौलिकता झल्किने खालका हुनेछन् : मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । आइतबार वडा नम्बर २७ को वडा भवन शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।  ‘२०७४ सालको स्थानीय निर्वाचन पछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो,’ शाक्यले भने, ‘महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक

सम्बन्धित सामग्री

जाने बेलामा मेयर शाक्यको सक्रियता, शिलान्यासको लहर

माघ महिनामा कोरोना भाइरसको तेस्रो लहरले जनजीवन प्रभावित हुँदा मेयर शाक्यका उद्घाटन र शिलान्यासका तालिका खासै प्रभावित भएनन् । चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारमाथि दबाव बढाएदेखि दौडधुप बढाएका मेयर शाक्य माघ महिनामा पार्कदेखि मन्दिर, गुठीघरदेखि वडा भवन र विहारदेखि आकाशेपुसम्मको शिलान्यासमा पुगे ।

काठमाडौं महानगरका ३२ वटै वडा भवन मौलिकता झल्किने र एकै स्वरुपका- मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । वडा–२७ को वडा भवन शीलान्यास गरेपछि उनले भने, ‘२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको […]