तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दै : सकेसम्म दिउँसो घर बाहिर ननिस्कन र सावधानी अपनाउन सुझाव

काठमाण्डाै - तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दै गएको छ । केही दिनदेखि तापक्रम बढिरहेको र अझै तापक्रम बढ्ने देखिएको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ । पछिल्लो २४ घन्टामा धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । यस्तै, दिपायल, विरेन्द्रनगर, भैरहवा लगायतका सहरमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा बढी भएको छ । काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव पाँच डिग्री सेल्सियस पुगेको छ । गर्मी बढेको बेलामा सकेसम्म दिउँसोको समयमा घरबाहिर ननि...