५० रुपैँया जरिवाना नतिर्ने २ प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा अदालतबाट कैद र जरिवाना सजाय सुनाएर फरार भएकाहरुलाई पक्राउ गर्न पछिल्लो समय निकै सक्रियता देखाएको छ । यही क्रममा फेरि ३ जना पक्राउ परेका छन् । जिल्ला अदालत मकवानपुरको २०७३ बैशाख ३० गतेको फैसलाले कुटपिट मुद्धामा ५० रुपियाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुरको मनहरी गापा […]

सम्बन्धित सामग्री

गिटी बालुवा उत्खनन गर्ने जेसिबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा

बारा– बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।  निजगढ काठमाडौँ द्रुतमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निजगढ ४ स्थित बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले नम्बर […]

निषेधाज्ञा उल्लङ्घन गर्ने १ हजार ७ सय ९० सवारी साधन प्रहरी नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने १ हजार ७ सय ९० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय १ वटा गाडी र १ हजार १ सय ८९ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको दैनिक ट्राफिक बुलेटिनमा जनाइएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय १५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ५ सय १२ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६८ जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ ।

प्रहरीबाट छुटेपछि कांग्रेसका कृष्णचन्द्र पोखरेलसँग गणेश लामाको भेट

गोरखा :  गणेश लामा प्रहरीको नियन्त्रणबाट छुटेपछि गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलगायत सांसदहरुलाई भेटेका छन्।बिहीबार साँझदेखि प्रहरी नियन्त्रणमा परेको लामाले शुक्रबार छुटेलगत्तै पोखरा सभागृहस्थित प्रदेशसभा परिसर पुगेर नेपालीसहित अन्य सांसदहरुलाई भेटेका हुन्।प्रशासनमा दुई हजार जरिवाना तिरेर छुटेका लामा आजै काठमाडौं फर्किने भएका छन्। कारबाही गरेपछि लामालाई जिल्ला प्रशासन कार्यालय कास्कीले काठमाडौं जाने पास उपलब्ध गराएको छ। लामालाई बिहीबार कास्की प्र