काठमाडौं : वैशाख २१ गतेदेखि सुरु हुने रातो मत्स्येन्द्रनाथको रथ यात्राका लागि रथ निर्माण भइरहेको छ।पुल्चोकस्थित जोगाम्बर पीठमा रथ बनाउन सुरु गरिएको हो। रथ पुलचोक, गबहाल, मंगल बजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेल हुँदै जावलाखेलमा पुगेर समाप्त हुन्छ।करिब एक हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो