वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग चुनावी गठबन्धन बनाएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखामा आफ्नो क्षेत्रको चुनावी अभियान सकाएर यतिखेर काठमाडौंमा छन्। दोस्रो चरणको चुनावको तयारीका लागि काठमाडौं आइपुगेका उनी नेपालको राजनीतिक भविष्य अँध्यारोतिर लागेको बताउँछन्। माओवादी जनयुद्धका एकजना डिजाइनरसमेत रहेका भट्टराई कम्युनिज्मबाट देश अगाडि बढ्न नसक्ने निश्कर्षमा पुगिसकेका छन्।