भन्सार छलीका सामग्रीबाट ७८ करोड भन्दा बढी राजस्व

जनकपुरधाम। मधेश प्रदेश प्रहरीले भन्सार छलीका सामानबाट चालू आर्थिक वर्ष २०८०/८१ को ७ महीनामा रू. ७८ करोड ७६ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । मधेश प्रदेशका आठओटै जिल्लाका सीमानाकाबाट भन्सार छलेर ल्याइएका सामानबाट उक्त परिमाणमा राजस्व असुल गरिएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख (प्रहरी उपरीक्षक) श्याम महतोले जानकारी दिए । प्रहरीका अनुसार धनुषाबाट रू. ३ करोड २३ लाख १४ हजार, महोत्तरीबाट रू. ६ करोड १३ लाख १० हजार, सिरहाबाट रू. १ करोड ७२ लाख ८६ हजार र सप्तरीबाट रू. १ करोड ७४ लाख ५० हजार राजस्व संकलन गरिएको छ । यसैगरी सर्लाहीबाट रू. ४ करोड ७१ लाख ७२ हजार, रौतहटबाट रू. ३ करोड ७ लाख ९४ हजार, बाराबाट रू. ३० करोड ७८ लाख १९ हजार र पर्साबाट रू. २७ करोड ३५ लाख ३० हजार राजस्व भन्सार छलीका सामानबाट संकलन भएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए । तस्करले भन्सार छलेर ल्याएका सामान जफत गरी कारबाही गर्दा उक्त राजस्व संकलन भएको उनले बताए । भन्सार छलेर भित्त्याइएका सामानमा विद्युतीय सामग्री, सवारीसाधनका पार्टपुर्जा, लत्ताकपडा, शृंगारका वस्तु, चाँदी लगायत रहेका छन् । सीमानाकाहरूमा मधेश प्रदेश प्रहरीको सक्रियताले यस वर्ष जनकपुर भन्सार कार्यालयको राजस्व गतवर्षको तुलनामा बढेको पाइएको छ । मधेश प्रदेशमा तस्करी रोक्न सीमानाकाहरूमा प्रहरी गस्ती कडाइका साथ परिचालन गरिएको प्रहरी उपरीक्षक श्याम महतोले बताए ।

सम्बन्धित सामग्री

लक्ष्यभन्दा बढी राजस्व असुली

सिमकोट – चीनसँगको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। दुईतर्फी नाका सञ्चालनमा आएसँगै हिल्सामा स्थापना गरिएको कार्यालयले लक्ष्यभन्दा बढी राजस्व असुली भएको हो। कार्यालय प्रमुख रामराज जैसीका अनुसार यो वर्षको लक्ष्यभन्दा बढी राजस्व चार महिनामै असुली गर्न सफल भएको छ। कार्यालयले साउन, असोज र कात्तिक २० गतेसम्म […]

सिमकोटमा लक्ष्यभन्दा बढी राजस्व संकलन

सिमकोट – सिमकोट गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। गाउँपालिकाद्वारा निर्धारण गरिएको करको शीर्षकमा असुुलीमा कडाइ गरिएपछि राजस्व असुुली लक्ष्यभन्दा बढी भएको हो। गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराका अनुुसार ०७८÷७९ मा राजस्व असली २० लाख लक्ष्य राखेकामा ३१ लाख असुली भएको छ। गाउँपालिका सञ्चालनमा आएयता सिमकोट गाउँपालिकाको सबैभन्दा बढी राजस्व […]

लक्ष्यभन्दा बढी राजस्व संकलन

सिन्धुलिस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ४८ करोड ३३ लाख ९१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा १३१ प्रतिशतले बढी हो ।कार्यालयका प्रमुख भावना चौलागाईँका […]

जुम्लामा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व...

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो । कार्यालयले कात्तिक मसान्तसम्म रु पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व सङ्कलन गर्न सफल भएको अधिकारीले जानकारी दिनु

पाँच अर्बभन्दा बढी राजस्व संकलन

पर्सा- वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ ।आर्थिक वर्ष २०७८-०७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।सो अवधिका लागि विभागले ६५ अर्ब […]

आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरले लक्ष्यभन्दा ३३ प्रतिशत बढी राजस्व संकलन गरेको छ।कार्यालयलाई आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ६ करोड ६४ लाख ४२ हजार रुपैयाँ लक्ष्य दिएकोमा चार अर्ब ७९ करोड २६ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ। जुन लक्ष्यको तुलना ७२ करोड ६१ लाख ७० हजार बढी हो। यो पछिल्लो ६ वर्षको तुलनामा सबैभन्दा बढी रहेको छ ।कार्यालय प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवका अनुसार संकलित रकममध्ये आय करतर्फ दुई अर्ब चार करोड २५ लाख ६२ हजार, मूल्य अविवृद्धि करतर्फ ए

सर्लाही भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७र७८ मा कार्यालयले रु ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु ६० करोड ५९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राजेशकुमार दत्तले जानकारी दिए । कार्यालयले लक्ष्यभन्दा १७६ प्रतिशतभन्दा बढी राजस्व […]

लक्ष्य भन्दा बढी राजस्व असुली

आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६÷०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]

लक्ष्य भन्दा बढी राजस्व असुली

नेपालगन्ज-आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६-०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]