काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई मन्त्रालयका सचिवहरूले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने ठोेस निर्णय तत्काल आवश्यक रहेको ‘ब्रिफिङ’ गरेका छन् ।
बिहीबार मन्त्रीको पदभारलगत्तै मन्त्रालयमा स्वागत गर्दै सचिव डा. गणेशप्रसाद पाण्डेले विदेशी मुद्राको सञ्चितिमा परेको चाप सबैभन्दा ठूलो चुनौती रहेको बताए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको...