रोनाल्डोझैं चम्किएलान् त मेसी? कि बजाउला आइसल्याण्डले ‘थण्डर-क्ल्याप’

आइसल्याण्ड पहिलो पटक विश्वकपमा सामेल भएको छ। तीन लाख तीस हजार जनसंख्या रहेको आइसल्याण्डका कोच ‘डेन्टिस्ट’ समेत हुन्। आइसल्याण्ड विश्वकपमा छनौट हुने हालसम्मकै सानो मुलुक हो। यसको जनसंख्या मस्को सहरको तीन प्रतिशत पनि छैन। तर आइसल्याण्ड फुटबलमा भने ‘जायन्ट किलर’ को रूपमा देखा परेको छ।