काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव शुक्रबार बिहान भट्टराईको निवासमा पुगेका हुन्। भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेकाअनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भइरहेको छ। यसअघि विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेट गरेका थिए।