काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति राजसंस्थाको निरन्तरताजस्तै भएको टिप्पणी गरेका छन्। राष्ट्रपतिका लागि मतदान गरेर फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘राजसंस्थाको जुन परम्पराको अभ्यास भयो। त्यसबाट यसलाई अलग गर्नुपर्छ। त्यो दोष राष्ट्रपतिलाई दिएर हुँदैन। हामीले बनाएको नियम कानुन हो। तर, हामीले कता कता राजसंस्थाको निरन्तरता छ है भनेको जस्तो आभास भयो। […]