बिक्री नभएपछि धानसँग प्याज साट्न बाध्य भए सल्यानका किसान

सल्यान : सल्यानमा किसानहरूले उत्पादन गरेको प्याज बिक्री नभएपछि धानसँग साट्न बाध्य भएका छन्।यो वर्ष झन्डै ३० क्विन्टल प्याज उत्पादन भएको भए पनि अझै ५ क्विन्टल प्याज बिक्री हुन नसकेको बनगाड कुपिण्डे नगरपालिका १ नाम्राका किसान नवराज केसीले बताए।बिक्री पनि नहुने, राख्नलाई पनि ठाउँ नभएपछि धानसँग प्याज साट्दै आइरहेको उनको भनाइ छ। उनले भने, ‘पैसाले बिक्री हुँदैन, धान सस्तो भए पनि धानसँग प्याज साट्न बाध्य छौं।’एक-दुई क्विन्टल मात्र प्रतिकिलो ५० का दरले प्याज बिक्री गरेको उनको भनाइ छ। घर