चन्द समूह बैतडीमा खुलेयाम चन्दा असुल्दै

बैतडी : नेत्रविक्रम चन्द नेतृत्वको समूहले बैतडीमा चन्दा असुली तीव्र पारेको छ। चन्द समूहले जिल्लाको सिगास गाउँपालिकाबाट जनप्रतिनिधि र उपभोक्ता समितिका अध्यक्षबाट चन्दा असुली गरेको खुलेको छ।सिगास गाउँपालिका–९ का स्थानीय तथा दोगाड लघुजलविद्युत आयोजनाका अध्यक्ष गंगासिंह धामीले आफूबाट १० हजार चन्दा लगेको बताए।‘आयोजना ५० लाखमा निर्माण हुन लागेको र त्यसको दुई प्रतिशत पार्टीलाई सहयोग गर्नुपर्छ भनेर मागेका हुन्’ धामीले भने,‘उनीहरुलाई चन्दा दिएको रसिद मसँग सुरक्षित छ। २०