वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। वीरगंज महानगर-५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा कीर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो।
न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले कीर्ते जग्गा नामसारी