मधेस प्रदेशमा भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालले ०७४ को स्थानीय तहको निर्वाचनमा राजपा र नेकपा एमालेले जितेको ३४ पालिकामा दाबी गरेपछि गठबन्धनको बैठक लम्बिएको हो । सोमबार भएको गठबन्धन दलको बैठकमा सबै दलले जितेको पालिकामा सो दलले नै लिने अनौपचारिक सहमति भएको नेकपा माओवादी केन्द्र मधेस प्रदेश सचिव योगकुमार बरबरिया जी