गोरखाका पाँच सय ५४ भूकम्प पीडितले पाए लालपुर्जा

गोरखा – गोरखाको धार्चे गाउँपालिका- ४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा लाप्राकका भूकम्पपीडितको पुनःस्थापनाका लागि निर्माण गरिएको नमूना बस्तीका पाँच सय ७३ मध्ये पाँच सय ५४ परिवारले लालपुर्जा प्राप्त गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। बाँकी रहेका […]