भारत सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । भारतको बिहार, उत्तर प्रदेश, राजस्थानलगायत विभिन्न राज्यमा विरोध चर्किँदै गएको छ। बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अपनाएको छ ।
एजेन्सी । भारतको मणिपुरमा मैतेई समुदायका २ विद्यार्थीको मृत्युको विषयलाई लिएर सुरु भएको प्रदर्शन उग्र बन्दै गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार राजधानी इम्फलमा कर्फ्यु जारी गरिएको छ । गत जुलाईमा बेपत्ता भएको ती दुई जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएपछि विरोध प्रदर्शन थप हिंसात्मक बन्दै गएको हो । राजधानी इम्फलमा बुधबार प्रदर्शनकारीले एक […]
पेरुको सरकारले राजधानी लिमा र अरू तीन क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेको छ । राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले राजधानीसहित आन्दोलन चर्किएका क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेको एएफपीले जनाएको छ ।
प्रदर्शनका क्रममा सुरक्षा फौजले बल प्रयोग गर्दा ४२ जनाको ज्यान गइसकेको छ । राष्ट्रपतिले ३० दिनका लागि आपत्कालीन अवस्थाको घोषणा गर्दै आन्दोलनमाथि हस्तक्षेप गर्न सेनालाई अधिकार दिनुभएको छ । आन्दोलन र भेलाको स्वतन्त्रताजस्ता धेरै संवैधानिक अधिकारहरू निलम्बन गरेको राष्ट्रपति कार्यालयले प्रकाशन ...
एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै गएको छ । विरोध प्रदर्शनका क्रममा इरानी शहर जेहेदानमा निरन्तर झडपहरू भएका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले एउटी किशोरीको बलात्कार गरेको आरोपपछि सुरू भएको प्रदर्शन चर्किदै गएपछि भएको हिंस्रक प्रदर्शनका क्रममा २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । शुक्रवार भएको झडपमा एक जनाको मृत्यु भएको […]
काठमाडौं । क्यारेबियन राष्ट्र हाइटीमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा प्रहरीले धरपकड गर्दा कयौं प्रदर्शनकारी घाइते भएका छन् । राजधानी पोर्ट ओ प्रिन्समा भेला भएका हजाराैं प्रदर्शनकारीले ठाउँ-ठाउँमा टायर बालेर सडक अवरुद्ध गर्नुका साथै भौतिक सम्पत्ति समेत नष्ट गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । पेट्रोल र डिजेलको अभाव भएपछि सहज आपूर्तीको माग गर्दै […]
भारत सरकारले ल्याएको ‘अग्निपथ योजना’विरुद्ध चर्किएको प्रदर्शन उग्र बन्दै गएको छ। भारतको बिहार, उत्तर प्रदेश, राजस्थानलगायत विभिन्न राज्यमा विरोध चर्किँदै गएको छ। कतिपय स्थानमा प्रदर्शनले हिंसात्मक रुप लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राजस्थानका जयपुर, जोधपुर, अजमेरलगायतका जिल्लामा भएको प्रदर्शनले हिंसात्मक रुपमा लिएको छ। जयपुरमा रेल्वे स्टेशनमा तोडफोड भएको छ भने कतिपय ठाउँमा प्रदर्शनकारीहरुले सडक ठप्प […]
श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ ।
प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कर्फ्यु तोडेर प्रदर्शन गरेपछि संकटकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको छ । त्यस क्रममा झडपसमेत भएको छ । विरोध प्रदर्शनपछि राजधानी कोलम्बोमा प्रहरीकाे उपस्थिति बढाइएको छ । प्रहरीले ५४ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
स्थिति...
ओटावा – कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरुको आन्दोलन अराजक बन्दै गएपछि राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । सहर ‘पूर्ण रुपमा नियन्त्रणबाहिर’ गएको भन्दै ओटावाका मेयर जीम वाटसनले आपतकाल घोषणा गरेका हुन् । प्रदर्शनकारीहरूले ‘असंवेदनशील व्यवहार’गरेको मेयर वाटसनले बताए । प्रदर्शनकारीले बारम्बारसाइरन बजाएको र पटाका पड्काएको उनको […]