कतार वर्ल्डकप आउन ८८ दिन बाँकी छ । कतार वर्ल्डकप नजिकिँदै जाँदा नेपाली कामदारहरुमा भने एकखालको त्रास पैदा भइरहेको छ । वर्ल्डकप सकिएपछि स्वदेश फर्किनुपर्ने हो कि भन्ने त्रास त्यहाँ कार्यरत कामदारमा परेको हो । कतारमा चार लाख भन्दा बढी नेपाली कामदार रहेको बताइन्छ । वर्ल्डकपपछि कतारमा आर्थिक संकट आउने र धेरै नेपाली घर फर्किनुपर्ने भन्दै धेरैलाई चिन्तित बनाइरहेको छ । तर, कतार सरकारले भने कुनै समस्या नआउने र कसैले पनि फर्किनुनपर्ने भन्दै नेपाललाई आश्वस्त पारेको छ । श्रम, रोजगार तथा सामाजिक स