ढिलासुस्ती र रञ्जन प्रकरणबारे चोलेन्द्रको बयान : न्यायमा विवेक प्रयोग गर्ने ठाउँ हुन्छ, २० वर्षको ८ मा झारेँ

महाभियोग सिफारिस समिति बैठकको विधि परिवर्तन भएको छ । आइतबार बसेको समितिको बैठकले पुरानै तरिकाबाट बैठक सञ्चालन गर्दा ढिलाई हुनेभएपछि विधि परिवर्तन गरिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । यसअघि समितिले राणासँग एक प्रश्न सोधेर प्रतिप्रश्न समेत गर्ने गरिएको थियो । ‘बैठकको अलिकति विधि शंशोधन गर्यौ । पहिला सरासर प्रश्न सोध्ने र अन्तिममा उहाँको रेकर्डमा उहाँले हस्ताक्षर गरेको कपीपछि मात्रै आधिकारिकतामा प्रतिप्रश्न गर्ने भनेर विधि परिवर्तन गर्यौ’, विश्वकर्माको भनाइ छ ।  प