दक्षिणी थाइल्याण्डमा भीषण बाढी, उद्धार जारी

व्यापक बाढीले दक्षिणी थाइल्याण्डमा कम्तिमा  दुई लाख परिवारलाई असर गरेको बताइएको छ ।  अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबै प्रभावित क्षेत्रहरूमा बाढी क्रमश सुधारोन्मुख अवस्थामा भएकाले पानीको निकास र पीडितहरूको उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।बाढीले छ वटा दक्षिणी प्रदेशका नखोनसी थम्मरात, फत्थलुङ, सोङ्खला, पट्टनी, याला र नराथीवाट लगायात ५७ जिल्लाबाट २ लाख १० हजार ५ सय ५२ घरधुरी प्रभावित भएको डीडीपीएमले जनाएको छ । बुध

सम्बन्धित सामग्री

सोलुखुम्बुको थामेमा भीषण बाढी : खोज, उद्धारमा सेना, प्रहरी परिचालन गर्न निर्देशन

गृह मन्त्रालयले सोलुखुम्बुको थामेमा आएको भीषण बाढी र त्यसबाट थामेखोला तथा दुधकोशी नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न निर्देशन दिएको छ ।

बेइजिङमा मुसलधारे वर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु

बेइजिङ- भारी वर्षाका कारण चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको पनि मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ । बेइजिङका उपमेयर जिया लिनमाओका उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेका छन् । […]

बाढी र डेंगुको चिन्ता पाकिस्तानको मात्र होइन

भीषण बाढी र पहिरोको चपेटामा परेको पाकिस्तानमा स्वास्थ्य समस्या पनि थपिएको छ। बाढी पछिका अस्तव्यस्त जीवन र फोहोरका कारण धेरै जना बिरामी हुनसक्ने चेतावनी त्यहाँका स्वास्थ्य अधिकारीले दिइसकेका छन्। मध्य जुनदेखि यता १ हजार ५ सय जनाको ज्यान गएको छ भने ३ करोड ३० लाख जना भन्दा बढी बाढीले प्रभावित भएका छन्। उद्धार र राहत […]

मोरक्कोमा भीषण बाढी, २४ जनाको मृत्यु

एजेन्सी । अत्यधिक ठूलो बाढी पहिराका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।उनीहरूका अनुसार घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी नै रहेका छन् । घटनामा कमदारहरू पनि परेको र उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ ।