काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बहुप्रतिक्षित भर्चुअल वार्ता भएको छ। वार्तामा चिनियाँ राष्ट्रपति सीले अमेरिकासँगको सम्बन्ध सकारात्मक दिशामा लैजान चीन तयार रहेको बताएका छन्। सीले एक–अर्को देशको सम्मान र स्थिर दुई पक्षीय सम्बन्धमा जोड दिएका छन्। साथै उनले दुई देशबीचको संवाद बढाउन र चुनौतीको सामना गर्न मिलेर अघि बढ्नुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ। सीले विश्व कोरोना महामारी तथा जलवायु परिवर्तनको असरका कारण संकटमा रहेको बताएक