मलेसियामा आमाहरूको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी लडाइँ जितेको छ । उक्त समूह विदेशमा बच्चा जन्माउने महिलाहरूलाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभावपूर्ण नागरिकता सम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको छ। उक्त नियमले विदेशी पतिबाट जन्मिएका बच्चाहरूले स्वतः नागरिकता प्राप्त गर्न सक्ने प्रावधानलाई कटौती गरेको र उक्त नियम भेदभावकारी रहेको आमा समूहले दाबी गरेका थियो ।