सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दिउँसो ३ बजेर ५२ मिनेटमा गएको भूकम्पको बैतडी, दार्चुला, बझाङलगायत जिल्लामा महसुस गरिएको हो।भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार  ४ दशमलव १ रिक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको कोटपेटरा रहेको छ।भूकम्पबाट कुनै क्षति भएको जानकारी नआएको प्रहरीले जनाएको छ।