काठमाडौं । अन्ततः लामो माथापच्चीपछि राजनीतिकरुपमा आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्ता साझेदार दल तयार भएका छन् । सत्ता साझेदार दलहरु राजनीतिकरुपमा सहमतिमा पुगे पनि कानुनी अन्योल भने कायमै छ ।स्थानीय निर्वाचनबारे राजनीतिक हिसाबले गरिँदै आएको आशंका र अड्कल शनिबारपछि केही हदसम्म समाप्त भए पनि कानुनी जटिलता नफुक्दासम्म स्थानीय निर्वाचनप्रति ढुक्क भइहाल्ने अवस्था भने अझै देखिइसकेको छैन ।यद्यपि सत्ता गठबन्धनको जेठ महिनाभित्र निर्वाचन गर्न गरेको निर्णयलाई प्रमुख प्रतिपक्षी दलदेखि आम