काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चारमाध्यामहरुले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चारमाध्यामहरुलाई आग्रह समेत गरे ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारीसँग आईतबार सिंहदरबारमा भएको सामूहिक भेटमा उनले बदलिँदो राजनीतिक परिवेशप्रति संकेत गर्