सातै प्रदेशमा अधिवेशन गर्दै नेपाल खेलकुद महासंघ

 नेपाल खेलकुद महासंघ (नेकोस) ले सात वटै प्रदेशमा प्रदेश अधिवेशन गर्न लागेको छ । फागुन ७ गते उपत्यका विशेष कमिटीको अधिवेशन सम्पन्न गरिसकेको नेकोसले अब सात भौगोलिक प्रदेशको अधिवेशन गर्न थालेको हो ।जसअनुसार फागुन १४ गते बागमती प्रदेशको अधिवेशन मकवानपुरको हेटांैडामा, फागुन १६ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा तथा फागुन १८ गते कर्णाली प्रदेशको अधिवेशन सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने नेकोसले जनाएको छ ।त्यसैगरी फागुन १९ गते लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको बुटवल तथा गण्डक