अर्थशास्त्रतर्फको नोबेल पुरस्कार कार्ड, एङ्ग्रिष्ट र इम्बेन्सलाई

असोज २५, स्टकहोम(स्वीडेन) । यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई अर्थशास्त्रीलाई दिइने भएको छ । रोयल एकेडेमी अफ साइन्सले सोमवार क्यानडा, अमेरिका र नेदरल्यान्ड्सका अर्थशास्त्रीहलाई सो पुरस्कार दिने घोषणा गरेका छन् । पुरस्कार क्यानडेली अर्थशास्त्री डेभिड कार्डलाई आधा दिइनेछ । अमेरिकी अर्थशास्त्री जोशुआ डी एन्ग्रिष्ट र नेदरल्यान्ड्सका गुइडो डब्ल्यू इम्बेन्सलाई आधा दिइनेछ ।  कार्डलाई श्रम अर्थतन्त्रबारे गरेको अनुभवजन्य योगदानका लागि सो पुरस्कार दिइएको हो। एङ्ग्रिस्ट र इम्बेन्सलाई भने कारक सम्बन्धको विश्लेषणबारे गरेको विधिगत योगदानको लागि सो पुरस्कार दिइएको हो । १ करोड स्विडिस क्रोनार बराबरको पुरस्कार राशीमध्ये आधा कार्डले पाउने छन् । बाँकी रहेको पुरस्कार राशी एङ्ग्रिस्ट र इम्बेन्सलाई आधा–आधा जानेछ । ती तीनै जना अनुसन्धानकर्ताहरुले प्रमाणमा आधारित कामलाई पूर्ण रुपमा नयाँआकार दिएको बताइएको छ ।  कार्ड क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक हुन् । कार्डले गरेको एउटा प्रयोग अमेरिकाको न्यूजर्जी राज्यमा सन् १९९० को दशकको शुरुमान्यूनतम् तलब वृद्धिले फाष्ट फूड क्षेत्रमा पारेको प्रभावबारे छ । यस्तो खालको वृद्धिले सधै जागिर गुम्ने अवस्था सृजना हुन्छ भने परम्परागतअवधारणालाई उल्टो साबित गरेको थियो । यस विषयमाउनले प्रशिद्ध अर्थशास्त्री एलन क्रुगरसँग मिलेर काम गरेका थिए । यसलाई अमेरिकामा अनुभवजन्य प्रयोगका रुपमा प्रयोग गर्दै न्यूनतम् तलब बढाउन प्रयोग गरिएका छन् ।  अर्कोमा भने कार्डले बसाई सराईले रोजगारीमा पार्ने प्रभावको अध्ययन गरेका थिए । यसमासन् १९८० मा सबा एक लाख क्युबेलीहरुलार्इ बसाई सर्ने अनुमति दिने क्यूबाको अप्रत्याशित निर्णयको अध्ययन गरिएको थियो । यस घटनाले शहरका बासिन्दाहरुको तलब ७ प्रतिशतले बढायो । चार ओटा शहरमा तलब र रोजगारीको उद्विकासको तुलनागर्दा न्यून शिक्षा भएका मियामीका बासिन्दाहरुमा नकारात्मक प्रभाव नपरेको कार्डले पाए । बढ्दो बसाई सराईले सो देशमा जन्मिएका मानिसहरुको आयमा सकारात्मक प्रभाव पारेको समेत पाइयो ।  एङ्ग्रिस्ट म्यासाच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी(एमआइटी) प्राध्यापकहुन् भने इम्बेन्स स्ट्यान्फोर्ड विश्वविद्यालयका । यिनीहरुले दिएको योगदानले कठोर वैज्ञानिक पद्दति अपनाएर अध्यनन गर्न नसकेको अवस्थामा समेत अर्थशास्त्रीहरुलाई कारण र प्रभावबारे ठोस निस्कर्ष निकाल्न सहयोग पुर्‍याएको छ । यस्तो खालको अध्ययनमा कहिलेकाहीं कारण र प्रभावलाई छुट्टयाउन गाह्रो हुन्छ । जस्तै एक वर्ष थप अध्ययन गर्दा व्यक्तिको आय बढ्छ कि बढ्दैन भनेर खुट्टयाउन प¥यो भने एक वर्ष धेरै पढेकाहरुको आयलाई नपढेकाहरुको आयसँग तुलना गर्न सकिन्छ । एक र्वा बढी अध्ययन गरेकाहरुले बढी कमाउन सक्छन् कि सक्दैनन् भन्ने निर्धारण गर्ने अन्य कयौं कारकहरु पनि हुन सक्छन् । परिश्रमी वा बढी मेहनती भएर धेरै कमाएको पनि हुन सक्छ । तर इम्बेन्स र एङग्रिष्टले यी चुनौतीहरुबाट पार पाउने र प्राकृतिक प्रयोगको कारण र प्रभाव ठ्याक्कै निर्धारण गर्न तथ्याङ्कीय विधिको विकास गरेका छन् । एजेन्सीहरु   

सम्बन्धित सामग्री

मेडिसिनको नोबेल पुरस्कार पाबोलाई

काठमाडौँ । यस वर्षको मेडिसिन विधा तर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार दिने संस्थाले सोमबार ट्वीट गर्दै विलुप्त होमिननको जिनोम र मानव विकासको सम्बन्धबारे गरेको खोजका लागि पाबोलाई पुरस्कृत गर्न लागिएको हो ।

मेडिसिनको नोबेल पुरस्कार पाबोलाई

१७ असोज, काठमाडौं । यस वर्षको मेडिसिन विधा तर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार दिने संस्थाले सोमबार ट्वीट गर्दै विलुप्त होमिननको जिनोम र मानव विकासको सम्बन्धबारे गरेको खोजका लागि पाबोलाई पुरस्कृत गर्न लागिएको हो ।

उपन्यासकार अब्दुलरजकलाई साहित्यतर्फको नोबेल पुरस्कार

नोबेल  कमिटीले सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजक गुर्नाहलाई प्रदान गर्ने घोषणा गरेको छ।  ‘उपनिवेशवादको असर र शरणार्थीको अवस्थाबारे सम्झौताविहीन तथा गहन अध्ययन’ गरेकाले गुर्नाहलाई साहित्यतर्फको नोबेल पुरस्कार...

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलानलाई

यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा

नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका...

तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं : नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ। नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन्। उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ। जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठीक एक हप्तापछि मङ्गलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो ।

चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी दुई वैज्ञानिकलाई

स्टकहोम–शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । उनीहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना […]

दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार, के हो उनीहरुले गरेको अध्ययन?

अमेरिकका वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ।

सन् २०२० का नोबेल पुरस्कार विजेता

प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वप्रसिद्ध नोबेल पुरस्कार वितरण गरिन्छ । नोबेल पुरस्कार छनोट समितिले विभिन्न मुलुकका १२ व्यक्ति र एउटा संस्थालाई यो वर्षको नोबेल पुरस्कारका लागि चयन गरिसकेको छ । नर्वेली वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित विश्वप्रसिद्ध गौरवशाली पुरस्कार प्राप्त गर्ने यस वर्षका भाग्यमानीहरू निम्नानुसार छन् ।साहित्यतर्फ : साहित्यतर्फ यस वर्षको नोबेल पुरस्कार प्राप्त […]