भारतीय गाडीले ओभरलोड गरेर सामान ल्याउने गरेको भन्दै नेपाली ट्रक व्यवसायीले विरोध जनाएका छन् । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रबार यसै विषयमा भैरहवामा विरोध सभा गरेको छ ।पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगङ्गा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय अगाडि विरोध सभा गरेका हुन् । भारतीय ओभरलोडका कारण नेपालतर्फ सडक, प