नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले सरकारको नेतृत्वमा अरु दललाई अघि बढाएर भएपनि केपी ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानुपर्ने बताएका हुन् । राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलता लाई अन्त्य गर्न नेपाली कांग्रेसल