काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकामा दुई हजार ६०९ जना कोरोनाका नयाँ संक्रमित थपिएको जनाएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा उक्त संख्या नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा एक हजार ८८१ जना संक्रमित थपिएका छन्।