बजार अनुगमनमा वाणिज्य विभागको सक्रियता : विभिन्न व्यापरिक फर्मलाई कारवाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, विभिन्न बहानामा अस्वभाविक मूल्य वृद्धि गर्ने र प्रतिबन्धित सामग्रीको बिक्री वितरण तथा उपभोग नगर्न सबैलाई आग्रह गरेको छ। विभागका महानिर्देशक लिलाप्रसाद शर्माले कुनै पनि बहानामा उपभोक्तालाई मर्का पर्ने गरी अवाञ्छित क्रियाकलाप गरेको पाइएमा विभागले कडा कारवाही गर्ने  बताए । उनले हाल दैनिक कम्तिमा ४ वटा अनुगमन टोलीले बजार अनुगमनको काम गरिरहेको र  गलत कार्य गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन त