प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो ।
काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव चार ओभरमा ९७ रन बनायो । अन्ठानब्बे रनको विजय लक्ष्य काठमाडौँले २३ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । काठमाडौँका लागि जितेन्द्रसिंह ठकुरीले ३८, रविन जोशीले २७ तथा विभत्सु थापाले १६ रन ...