असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौता अनुसार हाललाई साताको दुई उडान तयारी अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार सिङ्गापुरमा टेक्निकल ट्रान्जिट (हवाई इन्धन भर्ने) गरी सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति पाएसँगै असार पहिलो सातादेखि उडान नियमित हुने छ ।