पाँच वर्ष अघि भयो भेट, त्यसपछि इन्गेजमेन्टः विवाहको तयारी बीच सेलिब्रिटी जोडीले तोडे सम्बन्ध

हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेज र उनका प्रेमी एलेक्स रोड्रिगेजबीचको सम्बन्ध आधिकारिक रुपमा समाप्त भएको छ  । १५ अप्रिलमा जेनिफर र एलेक्सले बयान जारी गर्दै आफ्नो सम्बन्ध टुटेको पुष्टि गरेका छन् । ई न्यूजसँगको कुराकानीमा उनीहरुले आफू एक–अर्काको साथी रहिरहने बताएका छन् ।जेनिफर लोपेज र एलेक्स रडले संयुक्त रुपमा भने, ‘हामीले राम्रोसँग बुझिसकेका छौं कि हामी साथीको रुपमा नै राम्रा छौं र पछि पनि हामी साथी नै हुनेछौं । हामी सँगै काम गर्न जारी राख्नेछौं र हामीबीच शेयर बिजनेस र