काठमाडौं : नेकपा (एमाले)विरुद्ध पाँच दलीय गठबन्धन बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको लागि गठबन्धन निर्माण भएको थियो। एमालेविरुद्ध बनेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भइरहेको छ। ओली प्रवृत्तिलाई जरैदेखि फाल्नुपर्ने निष्कर्षसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनलाई आगामी निर्वाचनसम्म लान चाहान्छन्।