यूट्युबमा भिडियो हाल्दाको कमाइबाट यी महिलाले बनाइन् घर

पछिल्लो समय यूट्युब सर्वसाधारणको रोजाइ र मनोरञ्जनको माध्यम बनेको छ । यति मात्रै होइन, यूट्युबमा भिडियो राख्नेहरूले राम्रै कमाइ समेत गरिरहेका छन् । पाकिस्तानकी राबिया नाज शेखले यूट्युबकै कमाइबाट घर बनाएकी छन्, जबकि पाकिस्तानमा घर बनाउनुलाई महंगो मानिन्छ । पाकिस्तानमा बिजुली आउने–जाने र इन्टरनेटको समस्याका बाबजुद पनि राबिया भिडियो बनाउँछिन् र यूट्युबमा पोस्ट गर्छिन् । उनले यूट्युबमा फेशन च्याटल सञ्चालन गरेकी छन् । यूट्युबले यतिबेला राबियाको जिन्दगी परिवर्तन गरेको छ । राबियाको ‘फेशन एडिक्सन’ च्याटलले...