काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा किन सास्ती भइरहेको प्रश्न गरेका छन्। भन्सार विभागको निरीक्षणको क्रममा बोल्दै शर्माले भने, ‘विदेशबाट फर्किनेले बोकेर ल्याएको एउटा मोबाइल र टिभी सेटको विषयमा भन्सारमा सास्ती किन पाइरहेका छन्?’ वैदेशिक रोजगारीबाट फर्किनेले गुनासो गरेको बताउँदै शर्माले घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिने वा नसकिने भन्ने प्रश्न गरेका छन्।