आजदेखि नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइने भएको छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ । खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको छ। विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति घटबढ हुन सक्ने शाखाले जनाएको छ । शाखाले एकै दिन ख